बिहिबार, बैशाख २० २०८१

रुस जान श्रम स्वीकृति किन दिइयो ? : प्रदीप पौडेल

रुस जान श्रम स्वीकृति किन दिइयो ? : प्रदीप पौडेल


  • सक्रियखबर
  • सोमबार, चैत्र १९ २०८०

  • नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसका लागि श्रम स्वीकृति किन खोलेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले मानव तस्करलाई अनुकूल हुने गरी सरकारले रुसका लागि श्रम स्वीकृति किन खोलेको हो भन्ने प्रश्न गरेका हुन् ।

    ‘रुस जान श्रम स्वीकृति किन दिइयो ? मानव तस्करलाई अनुकूल हुने गरी यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौँ,’ उनले भने । सदनमा आएर नेपालीहरूको समस्या समाधान गर्न सरकार लागि पर्नुपर्ने बेला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा रहेको उनले बताए ।

    नेपालका अर्थमन्त्रीसँग कुरा गर्दा रुसी राजदूतले दिएको जवाफ कूटनीतिक मर्यादामा पर्छ कि पर्दैन भनेर उनले  प्रश्न गरे । ‘अर्थमन्त्रीसँग राजदूतले जवाफ दिनुभयो तपाईंका नागरिक आधिकारिक रूपमा हाम्रो सेनामा गएको होइन, ती नागरिक फर्किन पनि चाहँदैनन् । यो कूटनीतिक मर्यादा हो कि होइन ?,’ पौडेलले प्रश्न गरे ।

    युक्रेनी सेनामा नेपालीहरू बन्धक रहेको कुरा युक्रेनले सार्वजनिक गरेको र उनीहरूको उद्धारका लागि सरकारले के गरेको छ ? भन्ने प्रश्न पनि पौडेलले गरे । सरकारले उद्धार गर्न नसके अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई अनुरोध गर्न सकिने उनले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार