मंगलबार, जेष्ठ १ २०८१

गोकर्णेश्वरमा प्रहरीले चलायो गोली, एकजना घाइते

गोकर्णेश्वरमा प्रहरीले चलायो गोली, एकजना घाइते


  • सक्रियखबर
  • बिहिबार, असोज २५ २०८०

  • काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक समूहलाई नियन्त्रणमा लिएको छ । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् ।

    गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा प्रहरीले गोली चलाएको हो । लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो ।

    गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ ।  काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार