मंगलबार, जेष्ठ १ २०८१

शिक्षकहरूसँगको वार्ता आज टुङ्गिन्छ : कानूनमन्त्री गुरुङ

शिक्षकहरूसँगको वार्ता आज टुङ्गिन्छ : कानूनमन्त्री गुरुङ


  • सक्रियखबर
  • शुक्रबार, असोज ५ २०८०

  • विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच आज बिहान फेरि वार्ता हुँदैछ । हिजाे भएकाे वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियाे ।

    कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले हिजाेकाे छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने प्रयास हुने बताए । ‘उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर  छलफल भएको छ ।बिहानकाे वार्तामा टुङ्गिन्छ’, उनले भने ।

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

    शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले भने हिजाेकाे वार्तामा कुनै सहमति हुन नसकेको र आज बिहान फेरि वार्ता हुने जानकारी दिइन् । बिहान ९ बजे पुन: वार्ता हुनेछ ।

    सरकारले ल्याएको शिक्षा विधेयकमा असहमति राख्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । पठपाठन ठप्प पारेर शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार