मंगलबार, जेष्ठ १ २०८१

मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा

मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा


  • सक्रियखबर
  • सोमबार, साउन १५ २०८०

  • मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

    जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले सोमबार राजीनामा दिएका हुन् । उनीहरूले पार्टीको निर्देशनमा राजीनामा दिएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए ।

    साहका अनुसार उनीहरूको स्थानमा अन्य दुई जनालाई सरकारमा पठाउने तयारी छ । जनमत पार्टीले मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा मञ्जु खंगलाई पठाउने तयारी गरेको छ । तर, औपचारिक निर्णय भने भइनसकेको नेता साहले बताए ।

    सुरुमा कुशवाहाले भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी पाए पनि गत ९ जेठमा मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय बनाएका थिए । कुशवाहाले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री यादवले नेकपा एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई दिएका थिए ।

    मुख्यमन्त्री यादवले सोमबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार