मंगलबार, जेष्ठ १ २०८१

तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि

तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि


  • सक्रियखबर
  • मंगलबार, असार १९ २०८०

  • जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षाका कारण रूपन्देहीमा तिनाउ नदीले खतराको विन्दु पार गरेको जनाएको छ । 

    पाल्पा र रूपन्देहीमा निरन्तर वर्षा हुँदा पानीको सतह बढेकाले उच्च सतर्कता अपनाउन नदी आसपास क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । 

    बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह सात दशमलव २२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ ।

    तिनाउ नदीको जल सतह छ दशमलव ८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ ।

    तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ । तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार