म यो भएँ, यो देशको शासन चलाउने भएँ,
म साह्रै फटाहा भएँ, म उखाने भएँ ।।
म मान्ने भएँ, राजनीतिमा सबैको नगन्ने भएँ,
म मानिसको टाउकाको मूल्य गन्ने भएँ,
म हजारौँ असहायको साहारा नगन्ने भएँ ।।
म आफ्नै बोली नबुझ्ने भएँ,
म अरुको दुःख पनि नसुन्ने भएँ ।
म आफैँमा स्याल बहादुर भएँ,
म सबैको र्याल बहादुर भएँ ।।
म दाजुभाई फुटाउने भएँ,
म छिमेकी जुदाउने भएँ ।
म घोप्टिएको मसी छादेको कलम जस्तै भएँ ।।
म ठालु भएँ, म ठूलो भएँ,
म सबैको गोठालो भएँ,
म साह्रै गनगने भएँ ।।
म राष्ट्र प्रमुखमा पहिला भएँ,
म महिलाकै सुरक्षा दिन नसक्ने म–हिला भएँ ।।
वलराम दाहाल, मकवानपुर, हेटौंडा