मंगलबार, जेष्ठ १ २०८१

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा १८ जना बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा १८ जना बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु


  • एजेन्सी
  • बुधबार, जेष्ठ ११ २०७९

  • अमेरिकाको टेक्सासमा गोली चल्दा १८ जना बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा शिक्षक पनि छन् । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले हमला गर्दा उनीहरूको मृत्यु भएको राज्यका गभर्नरले जानकारी दिएका छन् ।

    पछिल्लो हमला  वर्षौंपछि  देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा ७ देखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी विद्यार्थी र शिक्षकको हत्या गरेको छ । ’

    आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

    अन्धाधुन्ध गोली चलाउने ती किशोरको नाम साल्भाडोर रामोस भएको बताइएको छ । घटनामा ती किशोर एक्लै संलग्न रहेको पनि प्रहरी अधिकारीले बताएका छन् । स्कुल गएर बालबालिकाहरूमाथि अन्धाधुन्ध गोली चलाउनुअघि रामोसले घरमा आफ्नी हजुरआमालाई गोली हानेर मारेको समाचारहरूमा जनाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार