Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

बागमती प्रदेश

वाग्मतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

वाग्मतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । 

    मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामा नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

    ११० सदस्यीय प्रदेशसभामा लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ । सोमबार मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरे पनि मन्त्रालय भागवण्डामा कुरा नमिल्दा दाबी भएको थिएन । मंगलबार कांग्रेस र एमालेबीच मन्त्रालयको भागवण्डाको टुंगो लागेपछि लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    mukhyamantri-bahadur-1721736226.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend