लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् ।
पार्टी केन्द्रको निर्देशनअनुसार लुम्बिनीको मुख्यमन्त्री संसदीय दलका उपनेता आचार्य हुने भएका हुन् ।
संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका थिए । तर, पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । आइतबार प्रदेशसभा बैठकमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ ६ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् ।
