Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

कर्णालीमा माओवादीका मन्त्रीले दिए राजीनामा

कर्णालीमा माओवादीका मन्त्रीले दिए राजीनामा

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • कर्णाली सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

    सोमबार एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।

    केन्द्रमा दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।

    मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् । राजीनामा पछि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend