मंगलबार, जेष्ठ १ २०८१

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे नेपाली युवा दिवेश पोखरेल

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे नेपाली युवा दिवेश पोखरेल


  • सक्रियखबर
  • सोमबार, बैशाख २९ २०७७

  • नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप-७ मा उक्लिएका छन् । उनले टप-७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए ।

    अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था गरेकाे छ । दिवेशको भोटिङ कोड १६ रहेको छ ।

    ३ वटा माध्यमबाट १ जनाले प्रतिस्पर्धीलाई १०/१० पटक गरेर ३० भोट गर्न सकिने व्यवस्था गरिएको छ ।

    दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । दिवेशले यसअघि ‘न्यानो घर’ ‘मन’ ‘समुन्द्र पारी’ ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार