बिहिबार, बैशाख २० २०८१

आज चैतेदशैँ, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज चैतेदशैँ, गण्डकी प्रदेशमा सार्वजनिक बिदा


  • सक्रियखबर
  • मंगलबार, बैशाख ४ २०८१

  •  आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ ।

    चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ ।  शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।

    चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ ।

    काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ ।

    गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार