मंगलबार, जेष्ठ १ २०८१

आईपीएल : राजस्थानमाथि गुजरातको रोमाञ्चक जित

आईपीएल : राजस्थानमाथि गुजरातको रोमाञ्चक जित


  • सक्रियखबर
  • बिहिबार, चैत्र २९ २०८०

  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत राजस्थान रोयल्सले पहिलो हार व्यहोरेको छ ।

    गए राति भएको खेलमा गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।

    पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ७ विकेटको क्षतिमा २० ओभरमा १९९ रन बनाउँदै लक्ष्य पूरा गरेपछि गुजरात ३ विकेटले विजयी भएको हो ।

    गुजरातका रियान परागले ७६ रनको अर्धशतकीय पारी खेलेका थिए भने सञ्जु सामसन ६८ रनमा नटआउट रहे । त्यस्तै यशस्वी जयसवाल २४ र जोश बट्लर ८ रनमा आउट हुँदा सिमरन हिटमायर १३ रनमा नटआउट रहे ।

    गुजरातका उमेश यादव, राशिद खान र मोहित शर्माले १/१ विकेट लिए ।

    जवाफी ब्याटिङमा उत्रिएको गुजरातका शुभमन गिलले ७२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै साई सुदर्शन ३५, म्याथु वेड ४, अभिनव मनोहर १, विजय शंकर १६, राहुल तिवतिया २२ र साहरुख खान १४ रन बनाउँदै आउट भए । राशिद खानले २४ र नुर अहमद शून्य रनमा नटआउट रहे ।

    बलिङतर्फ राजस्थानका कुलदीप सेनले ३ विकेट लिँदा यजुवेन्द्र चहलले २ तथा आवेश खानले १ विकेट लिए ।

    अंकतालिकाको शीर्ष स्थानमा रहेको राजस्थानको जारी सिजनमा यो पहिलो हार हो । पाँच खेल खेलेको राजस्थानले यसअघि बैंगलुरु, मुम्बई, दिल्ली र लखनउलाई पराजित गरेको थियो ।

    ६ खेल खेलेको गुजरातको भने यो तेस्रो जित हो । यसअघि गुजरातले मुम्बई र हैदरावादलाई पराजित गरेको थियो भने चेन्नई, पञ्जाब र लखनउसँग पराजय व्यहोरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार