बुधबार, जेष्ठ २ २०८१

माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवा सुरु

माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवा सुरु


  • सक्रियखबर
  • बिहिबार, फाल्गुन १० २०८०

  • माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवा सुरु गरेको छ । बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालन गरेको हो ।

    भिडियो केवाईसी सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने भएका छन् । यो सेवामार्फत खाता खोल्दा ग्राहकहरूले केवाईसी फारम भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म धाइरहनु पर्दैन ।

    यो सेवाबाट देश/विदेश जहाँबाट पनि अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सकिने बैंकले जनाएको छ ।

    साथै, भिडियो केवाईसी सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिनेछ ।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार