बुधबार, जेष्ठ २ २०८१

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त


  • सक्रियखबर
  • आइतबार, असोज २८ २०८०

  • कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    उनलाई प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । कार्की एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् ।

    सत्ता गठबन्धनले माओवादीका ईन्द्र आङ्बोलाई अगाडि बढाए पनि कांग्रेसभित्र विद्रोह गरी एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् । उनी मुख्यमन्त्री बनेपछि सत्ता गठबन्धनले पनि उनलाई समर्थन जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार