मंगलबार, जेष्ठ १ २०८१

सरकार र आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदे सहमति, आन्दोलन फिर्ता


  • सक्रियखबर
  • शुक्रबार, असोज ५ २०८०

  • सरकार र शिक्षक महासंघबीच सहमति भएको छ ।

    शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच सातबुँदे सहमति भएकाे छ ।

    सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ ।

    सञ्चारमन्त्री रेखा शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमति भएकाे जानकारी दिइन् । सरकारका तर्फबाट वार्ता टाेलीकाे नेतृत्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले गरेकी थिइन् ।

    शिक्षा विधेयकमाथि विभिन्न १८ बुँदे असहमति राख्दै देशभरका शिक्षकहरू शिक्षक महासंघकाे नेतृत्त्वमा आन्दाेलित भएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार