बुधबार, जेष्ठ २ २०८१

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश


  • सक्रियखबर
  • बिहिबार, भाद्र २१ २०८०

  • कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त भएका छन् ।

    सर्वोच्च अदालतले बिहीबार दिएको आदेशअनुसार उनी पदमुक्त भएका हुन् । यसअघि पनि उनी सर्वोच्चकै आदेशमा पदमुक्त भएका थिए । उनले भदौ ४ गते लिएको विश्वासको मत र त्यसअनुरुपको पत्र खारेज गरिएको छ ।

    न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्यमन्त्री थापाले गत भदौ ४ गते लिएको विश्वासको मतलाई असंवैधानिक रहेको ठहर गरेको छ । थापाले पाएको विश्वासको मत बदर भएसँगै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चले परामादेश समेत जारी गरेको छ ।

    नेपालको संविधानको धारा १६८(३) बमोजिम हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चले आदेश दिएको हो । बहुमतको सरकार बन्न नसकेपछि प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा एमाले नेता कार्की दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन् ।

    गत भदौ ७ मा यही मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नमिल्ने देखिएको भन्दै निर्णय कार्यान्वयनमा रोक लगाउँदै सरकारलाई न्यायाधीश खतिवडाको अन्तरिम आदेशले कामचलाउ बनाइदिएको थियो ।

    विश्वासको मतका क्रममा सभामुखको भूमिकामा प्रदेशसभा सञ्चालन गरिरहेका जेष्ठ सदस्य इस्राइल मन्सुरीले मत सच्याउने समयमा थापालाई विश्वासको मत दिएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार