मंगलबार, जेष्ठ १ २०८१

अवैध रूपमा फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ

अवैध रूपमा फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ


  • सक्रियखबर
  • शुक्रबार, साउन १२ २०८०

  • कैलालीको धनगढी उपमहानगरपालिकामा अवैध रूपमा मेडिकल सञ्चालन गरिरहेका चार जना पक्राउ परेका छन् ।

    धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाटै उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा धनगढी-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षका दिपक महरा र धनगढी २ बस्ने रेश्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरखबहादुर श्रेष्ठ रहेका छन् ।

    केहि दिनअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक पनि अनुमतिबिना सञ्चालनमा रहेका पाइएको थियो ।

    दुवै जनालाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको छ । उनीहरूले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार