मंगलबार, जेष्ठ १ २०८१

बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु


  • सक्रियखबर
  • सोमबार, साउन ८ २०८०

  • बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको हो ।

    गए राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले जानकारी दिए ।

    स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार