मंगलबार, जेष्ठ १ २०८१

सुदूरपश्चिम सरकारको बजेट मध्यरातमा बहुमतले पारित

सुदूरपश्चिम सरकारको बजेट मध्यरातमा बहुमतले पारित


  • सक्रियखबर
  • आइतबार, असार ३१ २०८०

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

    गए राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

    प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०–८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए ।

    बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्यमात्र उपस्थित थिए ।

    बजेटमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपाका एक सांसदले विपक्षमा मत दिएका थिए । एक जना स्वतन्त्र सांसद र प्रतिपक्षी दल नेकपा एमालेका सांसद उपस्थित भएनन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार