मंगलबार, जेष्ठ १ २०८१

राप्रपाको सुदूरपश्चिम प्रदेश सहसंयोजकमा ज्ञानेन्द्र शाही

राप्रपाको सुदूरपश्चिम प्रदेश सहसंयोजकमा ज्ञानेन्द्र शाही


  • सक्रियखबर
  • बुधबार, असार २७ २०८०

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् ।

    अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार शाहीलाई सो पदमा नियुक्त गरेका हुन् । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत छन् । त्यसैगरी, अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन् ।

    पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

    यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार