मंगलबार, जेष्ठ १ २०८१

तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु

तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु


  • सक्रियखबर
  • शनिबार, असार २ २०८०

  • तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

     पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए ।

    परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार