मंगलबार, जेष्ठ १ २०८१

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए सिंगो सदनको विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए सिंगो सदनको विश्वासको मत


  • सक्रियखबर
  • मंगलबार, जेष्ठ ३० २०८०

  • मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनमा उपस्थित सांसदको मत पाएका छन् ।

    मंगलबार दोश्रो पटक विश्वासको मत मागेका उनले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका हुन् ।

    नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन बाध्य भएका हुन् । एमालेले समर्थन फिर्ता लिएको ३० औं दिन विश्वासका मत मागेका उनले प्रमुख प्रतिपक्षी एमाले, गठबन्धन दल र स्वतन्त्र सबैकै विश्वासको मत पाए ।

    १०७ सदस्यीय प्रदेश सभामा उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएका सबैको १०३ मत परेको छ ।  बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् ।

    प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार