बुधबार, जेष्ठ २ २०८१

धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल

धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल


  • सक्रियखबर
  • बिहिबार, चैत्र ३० २०७९

  •  पेट दुखेर सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ ।

    बिहीबार पेट दुखेर उपचारका लागि अस्पताल गएका कैलालीको धनगढी–१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको हो ।

    उनको पेटभित्र रक्सीको बोतल कसरी पस्यो भन्ने खुलेको छैन । उनले भने मदिरा सेवन गर्दा साथीले मलद्वारबाट पेटमा बोतल घुसाइदिएको चिकित्सकसँग भनेका छन् ।

    यसअघि रौतहटमा पनि यस्तै घटना भटेको थियो । भिडियो एक्स रे गर्दा एक युवकको पेटमा पनि यस्तै बोतल भेटिएको थियो । उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरेर पेटबाट बोतल निकालेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार