बुधबार, जेष्ठ २ २०८१

महान् फुटबलर पेलेको निधन

महान् फुटबलर पेलेको निधन


  • सक्रियखबर
  • शुक्रबार, पुष १५ २०७९

  • फुटबलका एक महान खेलाडी पेलेको निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचाररत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

    फुटबलको जादुगरको उपनामले चिनिने पेले सर्वाधिक सफल खेलाडी हुन् । २०२१ को सेप्टेम्बरमा पेलेको कोलोन टयुमरको शल्यक्रिया गरिएको थियो । करिब एक महिनादेखि अस्पताल भर्ना भएर पेले उपचार गर्दै आएका थिए ।

    पेलेको क्यान्सर फैलिँदो अवस्थामा थियो । उनको मुटु र मिर्गौलाको विशेष ध्यान राख्नुपर्ने भन्दै अस्पतालले उपचार गरिरहेको थियो ।

    सन् १९४० अक्टोबर २३ मा जन्मिएका पेलेले आफूलाई अब्बल खेलाडी मात्रै बनाएनन् । सिंगो विश्व फुटबल जगतले सधैँभरि सम्झिरहने छाप छोडेर गए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार