बुधबार, जेष्ठ २ २०८१

कांग्रेस कर्णाली प्रदेश संसदीय दलमा शाही सर्वसम्मत चयन

कांग्रेस कर्णाली प्रदेश संसदीय दलमा शाही सर्वसम्मत चयन


  • सक्रियखबर
  • शुक्रबार, पुष ८ २०७९

  • नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलमा जीवनबहादुर शाही चयन भएका छन् ।

    नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।

    दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । अन्तिममा आएर आफ्नो दावीबाट पछि हटेका शाह नै शाहीको प्रस्तावक बने भने जानकी सिंह समर्थक बनिन् । शाही गत मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए ।

    कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहेका शाही पुनः मुख्यमन्त्रीमा दोहोरिन चाहेका छन् । कांग्रेस र माओवादीले प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरे पनि पहिला कस्ले नेतृत्व गर्ने भन्ने बारे अझै सहमति जुट्न सकेको छैन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार