बुधबार, जेष्ठ २ २०८१

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक


  • सक्रियखबर
  • बुधबार, मंसिर २८ २०७९

  • निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

    आयोगले बुधबार पत्रकार सम्मेलन गरी  प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेको हो ।

    समानुपातिकबाट प्रतिनिधिसभामा ११० र ७ प्रदेशमा २२० गरी ३३० सांसद विजयी भएका छन् ।

    प्रतिनिधिसभातर्फ पुरुष १८४ (६६.९० प्रतिशत) र महिला ९१ (३३.१० प्रतिशत) जना निर्वाचित भएको आयोगले जनाएको छ ।प्रदेशसभातर्फ पुरुष ३५० (६३.६४ प्रतिशत) र महिला २०० (३६.३६ प्रतिशत) जना निर्वाचित भएका छन् ।

    प्रत्यक्षमा प्रतिनिधिसभामा १६५ र प्रदेशमा ३३० जना विजयी भइसकेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार