बुधबार, जेष्ठ २ २०८१

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने


  • सक्रियखबर
  • मंगलबार, मंसिर २० २०७९

  • ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फको मतगणना सकिएको छ ।

    मतगणना सकिएसँगै दलहरू पाउने सिट बाँडफाँटमा आयोग जुटेको छ । आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलहरूले पाउने सिट संख्या निकालेर दलहरूलाई पत्र पठाउने आयोगको तयारी छ ।

    एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् । आयोगका कर्मचारीले दलहरूले प्राप्त गरेको सिट संख्या निकाल्ने काम गरिरहेका छन् । आयोगको बैठक बसेर दलले पाएको सिट संख्याबारे निर्णय गर्ने तयारी छ ।

    अहिलेसम्मको नतिजाअनुसार एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादीले १४ सिट, रास्वपाले १३ सिट, राप्रपाले ७ सिट, जसपाले ५ र जनमतले पनि ५ सिट पाउने देखिन्छ । यद्यपि, यो अन्तिम सिट संख्या होइन । जम्मा खसेको मतको सदर मतको तीन प्रतिशत मत ल्याउने दलले मात्र समानुपातिकबाट सांसद हुन पाइन्छ । यसरी समानुपातिकबाट ११० सांसद चयन हुनेछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार