बुधबार, जेष्ठ २ २०८१

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार


  • सक्रियखबर
  • मंगलबार, मंसिर २० २०७९

  • मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवारहरू निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।

    आज मात्रै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका छन् । डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार आज देउवाले आफ्नो चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका हुन् ।

    देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् । प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।

    एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुईवटा प्रदेशसभामा १२ गरी २० जना उमेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार डडेल्धुरामा प्रतिनिधिसभातर्फ ३१ लाख,  प्रदेश (१) का लागि २१ लाख र प्रदेशसभा (२) का लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार