बुधबार, जेष्ठ २ २०८१

बाजुरामा पनि सुरु भयो मतगणना

बाजुरामा पनि सुरु भयो मतगणना


  • सक्रियखबर
  • बिहिबार, मंसिर १५ २०७९

  • बाजुरामा मतगणना सुरु भएको छ ।

    जिल्लाकाे मतगणना दिउँसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भने पनि करिब साढे दुइ घण्टा पछाडि मात्रै सुरु भएकाे हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने सहमति गरेको थियाे । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो ।

    तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार