बुधबार, जेष्ठ २ २०८१

समानुपातिक मतगणना : कुन दलले कति पाए मत ?

समानुपातिक मतगणना : कुन दलले कति पाए मत ?


  • सक्रियखबर
  • बिहिबार, मंसिर १५ २०७९

  • प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।

    बिहीबार बिहान ६ः५० सम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । उसले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकोछ ।

    चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार ७९० मत पाउँदा पाचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०६ मत पाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार