बुधबार, जेष्ठ २ २०८१

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता


  • सक्रियखबर
  • सोमबार, असोज २४ २०७९

  • कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

    बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।

    घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार