मंगलबार, जेष्ठ १ २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुसबाट सञ्चालन हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुसबाट सञ्चालन हुने


  • सक्रियखबर
  • सोमबार, साउन २३ २०७९

  • सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि सञ्चालनमा ल्याउने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०० हेक्टर क्षेत्रफलमा निर्माण भएको हो । उक्त विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्र्तराष्ट्रियस्तरसँग सिधा जोडिनेछ ।

    सुरूमा यो विमानस्थल सन् २०२१ जुलाईमा निर्माण हुने भनिएको थियो । तर कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले बताएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार