मंगलबार, जेष्ठ १ २०८१

जागिर …

जागिर …


  • शाम्भवी बाशिष्ठ
  • मंगलबार, चैत्र ८ २०७८

  • जागिर… तीन अक्षरको शब्द

    जुन कसैको लागि रमाइलोको पर्यायवाची
    कसैका लागि गह्रुँगो भारी
    कसैका लागि आफ्नै परिवारको पेट भर्न
    बच्चाबच्चीको ‘आँ’ बन्द गराउन ‘जा गीर’ भन्नेजस्तै गरी गर्नुपर्ने काम ।

    कसैका लागि भेट्न र पाउन नै गाह्रो र, खोजीमा जीवनभर दौडिरहनुपर्ने तड्पिरहनुपर्ने ।

    कसैले यही तीन अक्षरको शब्द जागिरका कारण आफ्नो परिवारबाट टाढिनुपर्ने
    कसैले आफ्ना इच्छा, आकाङ्क्षा र स्वतनत्रता त्याग्नुपर्ने ।

    कस्तो रैछ यो तीन अक्षरको शब्द ।

    कसैले जीवनभर आफ्नो अमूल्य समय विदेशी भूमिमा खर्चिनुपर्ने
    कसैले आफ्नो मातृभूमि र परिवारबाट बिरानो हुनुपर्ने ।
    कसैलाई आफ्नो मातृभूमि नै छोडेर पलायन बनाइदिने त
    कसैलाई आफ्नै भूमिमा पनि अर्काको दासजस्तै भएर बस्नुपर्ने ।

    कस्तो बाध्यात्मक परिस्थिति सिर्जना गरिदिने क्षमतावान रैछ यो तीन अक्षरको शब्द ।

    प्राकृतिक पक्षपातहरूजस्तै
    यो तीन अक्षर शब्दले पनि
    कसैलाई चाहिनेभन्दा बढी खुसी दिन्छ त
    कसैलाई पाउनुपर्ने खुसी दिन पनि कन्जुस्याइँ गर्छ ।

    जेजस्तो भए पनि पाएकाले चाहिँ प्राणभन्दा प्यारो ठान्नुपर्ने
    नपाउनेले चाहिँ कहाँ र कहिले पाइएला भनेर धाइरहनुपर्ने  ।

    वाह ! तीन अक्षरको शब्द जागिर वाह !!


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार