मंगलबार, जेष्ठ १ २०८१

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन


  • सक्रियखबर
  • बुधबार, फाल्गुन ११ २०७८

  • लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।

    लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।

    सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

    उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

    उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार