मंगलबार, जेष्ठ १ २०८१

साहित्यकार तारानाथ शर्माको निधन

साहित्यकार तारानाथ शर्माको निधन


  • सक्रियखबर
  • मंगलबार, फाल्गुन ३ २०७८

  • साहित्यकार तारानाथ शर्माको निधन भएको छ ।

    शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान घरमै निधन भएको हो । उनी नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता भनेर चिनिन्छन् । शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

    ९ असार १९९१ मा इलामको बरबोटमा जन्मेका उनी  ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृतिका लेखक हुन् । उनले २०२६ सालको मदन पुरस्कार जितेका थिए । उनी पाठ्यपुस्तक लेखक पनि थिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार