मंगलबार, जेष्ठ १ २०८१

पर्यटनमन्त्री आलेले भने- निगमसँग कम्तीमा १५ वटा जहाज खरिद गर्न ‘बिजनेस प्लान’ मागेको छु

पर्यटनमन्त्री आलेले भने- निगमसँग कम्तीमा १५ वटा जहाज खरिद गर्न ‘बिजनेस प्लान’ मागेको छु


  • सक्रियखबर
  • शुक्रबार, पुष १६ २०७८

  • संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताएका छन्। शुक्रबार नेपाल नागरिक उड्‍डयन प्राधिकरणको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटोभन्दा छिटो  ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताए। उनले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताए।

    जहाज खरिदमा कुनै पनि प्रकारको कमिसनको खेल नगर्ने भन्दै उनले अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताए। मन्त्री आलेले ग्राउण्डेड भएको जहाजहरुलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराए।

    ‘निगमको अध्यक्षज्यूलाई निर्देशन दिएको छु। तपाईंहरु छिटोभन्दा छिटो बिजनेस प्लान ल्याएर कम्तीमा १५ वटा जहाज खरिद गरेर ल्याउने। एयरपोर्टमा राख्ने, सबै पार्टीका मान्छेलाई बोलाउने र त्यहाँ भाषण गर्ने,’ उनले भने, ‘विगतको जस्तो यो वाइडबडी होइन। यसमा कुनै कमिसनको खेल भएको छैन। यो जहाजमा एक रुपैयाँ पनि तलमाथि भएको छ भने राजनीतिबाट सन्यास मात्र होइन, प्रेम आले झुण्डिन तयार छ भनेर म भन्न चाहन्छु। त्यसको लागि हामीले गृहकार्य गरिराखेका छौँ। निगमलाई भनेको छु, छिटो गृहकार्य गर्नुस्। ग्राउण्डेड भएको जहाज बनाएर उडाउनुस्। मर्मत गरेर उडाउनुस् भनेर मैले भनिराखेको छु।’

    उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने बताए। भैरहवा विमानस्थललाई सरकारले छिटोभन्दा छिटो परीक्षण उडान सञ्चालनमा ल्याउन चाहेको मन्त्री आलेले बताए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार