बुधबार, जेष्ठ २ २०८१

 ॐ शान्ति, यस् घुम्तिमा उभिऔँ, राष्ट्रलाई बचाऔँ

 ॐ शान्ति, यस् घुम्तिमा उभिऔँ, राष्ट्रलाई बचाऔँ


  • सह.प्रा.डा.विनु वावा अर्याल
  • बुधबार, भाद्र १६ २०७८

  • हाम्रो मातृभूमि नेपाल कसैले किस्तिमा सजाएर दिएको उपहार होइन, अर्काको सुरक्षाको छाताको आवश्यकता न पहिले पर्यो न अहिले पर्दछ ।

    घामपानीमा सेकिएर अग्राख हुन जानेका छौं जो सजिलैसँग तोडिदैन,नासिंदैन यो देश, ऐतिहासिक कुशल नेतृत्वको मिहेनत हो तिनको दूरदर्शिताको उपज हो, राष्ट्रप्रेमको नमूना हो संकटको घडीमा जनताले आहुति गरेको बलिदानी हो सांस्कृतिक,धार्मिक,पहिचानको आधारबाट निर्माण भएको राष्ट्र हो, आफ्नो गन्तव्य आफै निर्धारण गर्नसक्ने सार्वभौम राष्ट्र हो ।

    हामीलाई धोका भयो,नेतृत्वलाई जाँच्न सकेनौं हामीलाई पीडा भयो नेतृत्वलाई बुझ्न सकेनौं आजको यस विषम परिस्थितिमा पनि, उ अंकगणित पल्टाउँदैछ आफ्नो पक्षमा पार्न खोज्दैछ सोझा निरिह अबोध जनतालाई झुक्याएर लोभ्याएर,लठ्याएर लिएको मतले जनतालाई नै सजाय दिइरहेको छ ।

    जनताको अवमूल्यन गरिरहेको छ अब त हामी जनता यहीनेरको घुम्तीमा अडौं, जहाँ हामी उभिरहेकाछौं, याद गरौं बिदेशी शक्तिको तलवी सेवाधारी सरकारले जनताको आँसु कहिले पुछ्दैन । किनकि उसले सम्बन्धित देशको वास्तविकतालाई कहिले बुझ्दैन स्वाभिमान र सार्वभौमिकतालाई स्वार्थको दाउमा राखी पासा खेल्न कहिल्यै पछि पर्दैन ।

    अब हामी घोप्टिने होइन, गिड्गिडाएर रुने पनि होइन हामी सबै मिलेर ती पापी घुस्याहा नेतृत्वलाई नंग्याएर सही हिसाब किताब गरेर असुल गरौं राजनैतिक भूमिबाट लखेटेर सदासदाको लागि बिसर्जन गरौं नयाँ विचार, नयाँ वस्तुस्थिति,नयाँ वातावरणको स्थायित्वमा जानै पर्दछ विना क्रान्ति शान्तिको अपेक्षा हुँदैन जनताको आवश्यकता,उस्को रोजगारीको मनोकांक्षा पूरा नहुँदा जनता विद्रोही बन्छ, व्यवस्थामा धमिरा लाग्दछ यी पापीहरूलाई फक्रिन मलिलो माटो बन्छ आर्थिक विषमताले लेराएको यस डरलाग्दो परिस्थितिलाई तोड्न आर्थिक क्रान्तिको आवश्यकता पर्दछ ।

    हारले दिने शिक्षाहरुलाई नै जीतले प्रस्फुटित गर्दछ हारको सम्झाइले जीतको भावलाई दरो, बलियो बनाउँदछ अतः ऐतिहासिक गौरवलाई शिरमा राखी मातृभूमीको रक्षामा लागौं । विदेशीहरूको आगमनका लागि सहज वातावरण,बनाउने कदमलाई यही निर रोकौं राजनीति, कूटनीति, सुरक्षा नीति, चाडक्य नीति, आदि जे जे नीति लिएर पनि हाम्रो मातृभूमिको इतिहासमा उपनिवेशको कलंक लाग्न नदीऔं आर्थिक क्रान्तिको उद्घोष गरौं, ‘जहाँ कंकाल त्यही चण्डाल’लाई बिसर्जन गरौ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार