Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

कसैलाई जोगाउन प्रहरीको दुरुपयोग हुन दिन्न : गृहमन्त्री लेखक

कसैलाई जोगाउन प्रहरीको दुरुपयोग हुन दिन्न : गृहमन्त्री लेखक

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • गृहमन्त्री रमेश लेखकले सरकारका कुनै पनि अंगको दुरुपयोग नगरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरी प्रशासनको दुरुपयोग नगर्ने बताएका हुन्।

    'कसैलाई जोगाउन वा नजोगाउन प्रहरी प्रशासनको दुरुपयोग गर्दिनँ र हुन पनि दिन्न। माननीयहरूलाई यो कुरामा म प्रतिबद्धता जनाउन चाहन्छु,' उनले भने। प्रहरी संगठनमात्र नभएर राज्यको कुनै पनि अंग प्रत्यंगको दुरुपयोग हुन नदिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाएका थिए।

    त्यस्तै उनले सरुवा बढुवा सामान्य कुरा भएको बताए। 'सरकारी कर्मचारीहरूको सरुवा बढुवा हुन्छ। यसलाई सामान्यरूपमा लिनुपर्छ,' उनले भने। उनले सचिव र न्यायाधीश सरुवाको उदाहरण दिँदै मापदण्डअनुसार सरुवा हुने बताए। 'अस्ती सचिवको सरुवा भएकै हो। हिजो ९१ जना श्रीमानको पनि सरुवा भएको हो। सरुवाको मापदण्ड छ। त्यहीअनुसार सरुवा हुन्छ। धेरै राजनीति भयो भने त्यहाँ प्रश्न उठाउन सकिन्छ,' उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend