Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई र्‍याडिसन होटलमा बिशेष छुट

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई र्‍याडिसन होटलमा बिशेष छुट

सक्रिय खबर
मंगलवार, श्रावण १५ २०८१
सक्रिय खबर
मंगलवार, श्रावण १५ २०८१
  • प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले काठमाडौंस्थित र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    सोसम्बन्धी सम्झौतापत्रमा बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा र र्‍याडिसन होटलका निर्देशक (फुड एन्ड वेभरेज) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा र्‍याडिसन होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौंले सञ्चालन गरेका विभिन्न रेस्टुरेन्टहरूबाट १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

    र्‍याडिसन होटल एक अन्तर्राष्ट्रिय होटल चेनअन्तर्गत विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रूपमा टेवा दिइरहेको एक अग्रणी पाँचतारे होटल हो ।

    हालसालै मात्र ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१३ शाखा कार्यालयहरू, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै यो बैंक फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड– २०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend