Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

आगामी निर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

आगामी निर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

सक्रिय खबर
मंगलवार, श्रावण १५ २०८१
सक्रिय खबर
मंगलवार, श्रावण १५ २०८१
  • नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ ।

    मंगलबारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    उनले पाँच दिनदेखिको छलफलमा गम्भीर रूपमा छलफल भएको बताए । उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

    उनले जनताका जल्दा बल्दा समस्या र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए ।

    उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए । उनले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिस्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend