Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

मन्त्रीकाे गाडीलाई विशेष ब्यवस्था नगर्न गृहमन्त्री सुधन गुरूङकाे निर्देशन

मन्त्रीकाे गाडीलाई विशेष ब्यवस्था नगर्न गृहमन्त्री सुधन गुरूङकाे निर्देशन

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् ।

    शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे आकस्मिक निरीक्षण गर्दै यस्ताे निर्देशन दिएका हुन् ।

    गृहमन्त्री गुरूङले एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएकाे उनकाे सचिवालयले जानकारी दिएकाे हाे । 

    `जनतालाई दुख दिने गरी भीआईपीलाई स्पेसल ट्रिट गर्ने हाेइन । नागरिकका लागि आवागमन सहज हुनुपर्‍यो । हामी नागरिककाे सेवक हाे,´ मन्त्री गुरूङले भने ।

    गृहमन्त्री गुरूङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने तर भीआईपी सवारीका नाममा आम नागरिकलाई दु:ख नदिन निर्देशन दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend