Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

आइपीएल २०२६ आजदेखि सुरु हुँदै

आइपीएल २०२६ आजदेखि सुरु हुँदै

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • इण्डियन प्रिमियर लिग (आइपीएल) को २०२६ को संस्करण आजदेखि सुरु हुँदैछ ।

    उद्घाटन खेल साविक विजेता रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) र  सनराइजर्स हैदराबादबीच हुँदैछ । 

    यी दुई टोलीको खेल नेपाली समयअनुसार ७ः४५ देखि ब्याङ्गलोरको एम चिन्नस्वामी क्रिकेट स्टेडियममा हुनेछ । आजको खेलमा हैदराबादका लागि कप्तानको भूमिकामा इशान किसन रहने छन् । कप्तान प्याट कमिन्स ढाडको चोटका कारण केही खेल गुमाउने भएपछि किसनले टिमको कप्तानी गर्ने मौका पाएका हुन् । आरसीबीका लागि भने रजत पार्टीदारले नै कप्तानको भूमिका निर्वाह गर्नेछन् ।

    १९ औं संस्करणको आइपीएल २०२६ मार्च २८ बाट मे ३१ सम्म चल्नेछ । आइपीएलमा १० वटा टोलीले डबल राउन्ड रोबिन फर्म्याटमा खेल्ने छन् । यसका आधारमा लिगमा जम्मा ७० खेल हुनेछन् । यी खेलहरू १३ वटा भेन्युमा हुनेछन् । पहिलो चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० वटा खेल खेलाइनेछ । त्यसपछि दोस्रो चरणमा अप्रिल १३ देखि मे २४ सम्म ५० वटा लिगका खेलहरु आयोजना हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend