Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

फिफा विश्वकपमा इरानकाे सहभागिता अनिश्चित

फिफा विश्वकपमा इरानकाे सहभागिता अनिश्चित

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • खाडी क्षेत्रमा बढ्दो तनाव र युद्धका कारण सन् २०२६ को  फिफा विश्वकपमा इरानको सहभागितालाई लिएर अन्योल उत्पन्न भएको छ । 

    अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले इरानको अवस्थालाई नजिकबाट निगरानीमा राखिएको जनाएको छ । विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ।

    फिफाका महासचिव मातियास ग्राफ्सट्रोमले हालै भएको वार्षिक साधारणसभामा परिस्थिति नजिकबाट हेरिएको तर अहिले नै ठोस निर्णय गर्ने समय नभएको बताएका छन् । 

    इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालैको अमेरिकी आक्रमणपछि इरानको विश्वकप सहभागिता ‘सम्भव’ नहुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘आज जे भयो र अमेरिकाबाट भएको आक्रमणपछि हामी विश्वकपबारे आशावादी हुन गाह्रो छ, तर अन्तिम निर्णय खेलकुद निकायहरूले गर्नेछन् ।’

    हालसम्म इरानले प्रतियोगितामा सहभागिताकाे बारेमा कुनै आधिकारिक घोषणा गरेको छैन । समूह ‘जी’ मा इरान इजिप्ट, बेल्जियम र न्युजिल्यान्डसँग छन् । इरानले १५ जुनमा न्युजिल्यान्ड र २१ जुनमा बेल्जियमविरुद्ध लस एन्जलस तथा २६ जुनमा सियाटलमा इजिप्टविरुद्ध खेल्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend