Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

धार्चे पहिरोमा वेपत्ता भएकामध्ये चार जनाको शव फेला

धार्चे पहिरोमा वेपत्ता भएकामध्ये चार जनाको शव फेला

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँटमा लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ । 

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको हो । 

    उक्त पहिरोमा परी ५ जना बेपत्ता भएका थिए । अर्का एक जनाको शव खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

    पहिरोमा परेर बेपत्ता भएकामध्ये धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ शव फेला परेको हो । वेपत्ता भएका २४ बर्षीय रमेश परियारको भने खोजी कार्य जारी रहेको बताइएको छ ।

    आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर एकै परिवारका तीन सहित पाँच जना वेपत्ता भएका थिए । पहिरोले जीतबहादुरको कृषि फर्म र नजिकै रहेको एउटा घर समेत बगाएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खोजी कार्यमा जुटिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend