Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

विश्वकपमा इटालीसँग नेपालको लज्जास्पद हार

विश्वकपमा इटालीसँग नेपालको लज्जास्पद हार

बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ ।

    मुम्बईस्थित वानखेडे स्टेडियममा एन्थोनी मोस्का र जस्टिन मोस्काको अर्धशतकमा इटालीले आईसीसी पुरुष टी– २० विश्वकपमा नेपाललाई १० विकेटले हरायो । 

    नेपालले प्रस्तुत गरेको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो । 

    इटालीका लागि एन्थोनीले ३२ बलमा ६ छक्का र २ चौकाको मद्दतले अविजित ६२ रनको योगदान गरे । यसैगरी जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६० रन बनाए । 

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेकाे थियाे । 

    नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहितकुमार पौडेलले २३, आसिफ शेखले २०, करण केसीले अविजित १८ र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।  

    इटालीका लागि क्रिशन कालुगामेजले ३, बेन मानेन्टीले २ तथा जसप्रित सिंह, हसन अली र जेजे स्मट्सले १–१ विकेट लिए । 

    जितसँगै समूह ‘सी’ मा इटालीले २ खेलमा २ अंक जोडेको छ । दुवै खेलमा पराजित नेपाल अंकविहिन छ । 

    यसअघि इटाली स्कटल्यान्ड र नेपाल इंग्ल्यान्डसँग पराजित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend