Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

टी-२० विश्वकप : आज इटालीसँग प्रतिस्पर्धा गर्दै नेपाल

टी-२० विश्वकप : आज इटालीसँग प्रतिस्पर्धा गर्दै नेपाल

बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीको सामना गर्दै छ ।

    खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

    नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर, एकदिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । जसमा तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।

    नेपाल र इटलीबीचको पहिलो भेट सन् २००५ को विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई ८८ रनले पराजित गरेको थियो । यसैगरी, सन् २०१० को विश्वकप लिग डिभिजन ४ मा नेपालले दोस्रोपटक इटलीको सामना गरको थियो । यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गरेको थियो । नेपालले पछिल्लोपटक सन् २०१३ मा इटालीको सामना गरेको थियो । यो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।

    इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलोपटक टी– २० विश्वकपमा स्थान बनाएको हो । इटाली विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता, तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार ब्यहोरेको थियो ।

    अहिले आईसीसी टी– २० वरीयतामा नेपाल १६ तथा इटाली २७औँ स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend