Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

टी– २० विश्वकप : वेस्ट इन्डिजको लगातार दोस्रो जित

टी– २० विश्वकप : वेस्ट इन्डिजको लगातार दोस्रो जित

बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • वेस्ट इन्डिजले भारत र श्रीलंकामा जारी आईसीसी टी– २० विश्वकपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

    वेस्ट इन्डिजले मुम्बईस्थित वानखेडे रंगशालामा बुधबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा इंग्ल्यान्डलाई ३० रनले निरास बनायो ।

    वेस्ट इन्डिजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा १६६ रनमै समेटियो । 

    इंग्ल्यान्डका लागि साम करनले अविजित ४३, ज्याकोव बेथेलले ३३, फिल साल्टले ३०, जोस बटलरले २१ र कप्तान ह्यारी ब्रुकले १७ रन बनाए । 

    वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले ३, रोस्टन चेजले २ तथा अकिल होसेन, रोमारियो शेफर्ड र समर जोसेफले १–१ विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको थियो । 

    वेस्ट इन्डिजका लागि शेर्फेन रादरफोर्डले ४२ बलमा ७ छक्का र २ चौकाको मद्दतले अविजित ७६ रनको योगदान गरे । यसैगरी, रोस्टन चेजले ३४, जेसन होल्डरले ३३, सिम्रन हेटमायरले २३, रोभमन पावेलले १४ रन बनाए । 

    इंग्ल्यान्डका लागि जिमी ओभरटन र आदिल राशिदले २– २ तथा जोफ्रा आर्चर र साम करनले १–१ विकेट लिए ।

    जितसँगै २ खेलमा ४ अंक जोडेको वेस्ट इन्डिजले सुपर ८ को सम्भावनालाई बलियो बनाएको छ । पराजित इंग्ल्यान्डको समान खेलबाट २ अंक छ । 

    यसअघि वेस्ट इन्डिजले स्कटल्यान्ड तथा इंग्ल्यान्डले नेपाललाई पराजित गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend