Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ ।

    निर्वाचन आयोगले आगामी ११ माघका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दै छ । राष्ट्रियसभामा रिक्त हुने कुल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

    आयोगले यसअघि यही १९ पुसमा मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।

    आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend