Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

अफगानिस्तानमा भूकम्प, २० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्प, २० जनाभन्दा बढीको मृत्यु

सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • पूर्वी अफगानिस्तानमा ६ रेक्टर स्केलको भूकम्प जाँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । नङ्गरहार र कुनार प्रान्तका अस्पतालहरूमा ११५ जनाभन्दा बढी घाइतेहरूलाई लगिएको बीबीसीले जनाएको छ ।

    अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्प आइतबार राति ११:४७ बजे स्थानीय समयमा जमिनको सतहबाट ८ किलोमिटर (५ माइल) गहिराइमा गएको थियो । त्यसयता कम्तीमा तीन परकम्पहरू आइसकेका छन्, जसको तीव्रता ४.५ देखि ५.२ सम्म रहेको छ ।

    एएफपी समाचार संस्थाका अनुसार भूकम्पका कम्पनहरू अफगानिस्तानको राजधानी काबुल (करीब २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (झन्डै ४०० किलोमिटर टाढा)सम्म महसुस गरिएको थियो ।

    मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ, किनकि प्रभावित क्षेत्रहरू दुर्गम छन्, भू-भाग विकट छ र त्यहाँका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend